१३ औं साग : नेपाललाई एकै दिन १५ स्वर्ण




काठमाडौं, मंसिर १६
काठमाडौंमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोस्रो दिन नेपालले एकै दिन १५ स्वर्ण जितेको छ । २४ स्वर्णको छिनोफानो हुँदा नेपालले १५ स्वर्ण हात पारेको हो ।

नेपाललाई कराँते र तेक्वान्दोले सात–सात स्वर्ण दिलाएको छ । ट्रायथोलनमा पनि नेपालले एक स्वर्ण जितेको छ ।

यस्तै, कराँतेमा दुई र तेक्वान्दोमा एक रजत जितेको छ भने तेक्वान्दोमा तीन र ट्रायथलनमा एक कास्य पदक पनि जितेको छ । सोमबार नै कराँतेमा मण्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्यले दुई÷दुई स्वर्ण जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News