१३ औं साग : नेपालको दमदार प्रदर्शन, आठौं सागको झल्को
काठमाडौं, मंसिर १७
नेपालमा जारी दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले दमदार प्रदर्शन गरेको छ । जुन प्रदर्शनले यसअघि नेपालमा सन १९९० मा भएको आठौं सागको झल्को दिएको छ ।
त्यो बेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कास्य पदक जितेको थियो । जुन नेपालले हात पारेको अहिलेसम्मकै सर्वाधिक सफल नतिजा हो । त्यसैअन्तर्गत सागको दोस्रो दिन सोमबार मार्सल आर्टसका दुई विधा तेक्वान्दो र कराँतेले सनसनीपूर्ण नतिजा दिएका छन् ।
सोमबार मात्रै नेपालले एकै दिन १५ स्वर्णसहित २४ पदक जितेको छ । जसमध्ये सात स्वर्ण कराते र सात तेक्वान्दोतर्फका खेलाडीले जिते । यस पटक तेक्वान्दोका लागि २९ र करातेका लागि २९ स्व्र्णका लागि प्रतिस्पर्धा हुँदैछ ।