सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु
धनगढी, मंसिर १९
कञ्चनपुरको झलारीस्थित शलैश्वरी गणमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार रबिन्द्र नाथको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुरन गरपालिका वडा नम्बर २ घर भएका ३५ वर्षीय नाथको मंगलबार राति धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
१६ गते घर विदामा गएका नाथको कसरी मृत्यु भयो भन्नेबरे खुल्न नसकेको सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गण झलारीका सशस्त्र प्रहरी उपरीक्षक विर सिंहले बताए ।