‘बोक्सा बोक्सी’ आरोपमा दम्पतीलाई गाउँ निकाला !


 


काठमाडौं, मंसिर २१
दोलखाको बिगुल गाउँपालिका वडा नम्बर ५ स्याखुका एक दम्पतीलाई बोक्सा बोक्सी आरोपमा गाउँ निकाला गरिएको छ । टोल सुधार समितिले कागज बनाएर नै स्थानीय रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठलाई गाउँ निकाला गरिएको हो ।

गाउँलेले सामाजिक रुपमा बहिस्कार गर्दै गाउँ निकाला गरेपछि उनीहरु न्याय माग्दै काठमाडौं पुगका छन् ।
उठ्दा बस्दा बोक्सा बोक्सी भनेको सहँदै आएपन अत्मिमा गाउँ नै निकाला गरेपछि अहिले आफू घरबारविहीन बन्न पुगेको पीडित दम्पतीको भनाई छ ।

बोक्सा बोक्सी भएको र कसैको केही विगारेको प्रमाण ल्याए आफै गाउँबाट निस्किने उनीहरु बताउँछन् । उब भने उनीहरु न्याय नपाउँञ्जे गाउँ नफर्किने सोचमा काठमाडौं आएको बताउँछन् ।

रत्नबहादुर बैद्य हुन् । झारफुक गरि विरामीलाई निको पार्ने र जडिबुटीबाट औषधि बनाउँदै काम गदै आएका थिए । त्यहीक्रममा स्थानीय धामी झाँक्रीहरुले श्रेष्ठले इन्द्रजालको किताव पढेर टुनामुना गर्दै आएको आरोप लगाउँदै टोल सुधार समितिमा उजुरी दिएका थिए ।

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्