पञ्चायतका प्रधानपञ्च कुँवर २६ वर्षपछि परिवारको सम्पर्कमा, गाउँमा खुशियाली


 



जुम्ला, मंसिर २१
जुम्लाको साविक ताम्ती र अहिलेको तातोपानी गाउँपालिका–७ सर्मिका जयबहादुर कुँवर २६ वर्षपछि सम्पर्कमा आएका छन् ।

पञ्चायतको अन्त्यपछि हराएका तत्कालिन प्रधानपञ्च कुँवर गणतन्त्रकालमा परिवारको सम्पर्कमा आएका हुन् । उनी २०५० सालमा बेपत्ता भएका थिए । परिवारले उनको मृत्यु भएको अनुमान गरेपनि उनी फर्केपछि गाउँलेहरु हर्षित भएका छन् ।

उनले आफू भारतको अज्ञात स्थानमा रहेको बताए । धेरै समयपछि सम्पर्कमा आएपछि कुँवरलाई गाउँलेले सात किलोमिटर पैदल हिडी बाजागाजासहित भव्य स्वागत गरे । पञ्चायतकालका प्रधानपञ्च कुँवर परोपकारी रहेको गाउँलेहरु बताउँछन् ।

उमेर ढल्किदै गएपछि भारतमा काम नपाएको र गाडीभाडासमेत नहुँदा स्वदेश फर्किएको उनले बताए । उनले गाउँको अवस्था फेरिएसंगै भारत काम गर्न जानुपर्ने बाध्यता हटाउनु आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति: २१ मंसिर २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्