हात्तीको आक्रमणबाट दुईको मृत्यु, चार जना घाइते



कञ्चनपुर, मंसिर २५
कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। आक्रमणबाट चार जना घाइते भएका छन्।

महाकाली नगरपालिका– २ मा जंगली हात्तीको आक्रमणबाट स्थानीय बसन्ती भट्ट र भुरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी नरेन्द्र चन्दले जानकारी दिए।

हात्तीको आक्रमणबाट स्थानीय सरिता ओझा, सुनिता बिष्ट, ललिता बोहरा र उमा साउँद घाइते भएका छन्। आज विहान महाकाली नगरपालिका– २ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो।

प्रहरीकाअनुसार घाइतेहरुलाई उपचारका लागि भारतीय सहर खटिमा पठाइएको छ। यसअघि जिल्लाको शुक्लाफाँटा नगरपालिकामा पनि जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News