जनकपुरधाम उपमहानगरपालिकामा शंकास्पद वस्तु फेला


 


धनुषा – जनकपुरधाम उपमहानगरपालिका–९ मा शंकास्पद वस्तु फेला परेको छ । संकट मोचन मन्दिर नजिकै शंकास्पद वस्तु फेला परेको हो। सडककै छेउमा राइस कुकर राखिएको छ । उक्त कुकर बम रहेको आशंकामा आइतबार राति १० बजेदेखि नै प्रहरी घेरा हालेर बसेका छन् ।

मान्छेहरु घरबाट निस्किएपछि बम हो कि होइन भनेर सेनाले यकिन गर्ने र बम भए डिस्पोज गर्ने धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए ।नेपाली सेनाको टोली समेत घटनास्थल छ । कुकर राखिएको ठाउँको चारैतिर घर छ। रातका समयमा मान्छे घरमा रहेकाले अहिलेसम्म सेनाले डिस्पोज गरेको छैन ।

शंकास्पद वस्तुले स्थानीय त्रसित बनेका छन् । घर नजिकै उक्त बस्तु भेटिएपछि रातभर अरुको घरमा बसेको स्थानीय अशोक दत्तले बताए ।

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्