विप्लव समूहका भेरी ब्यूरो सदस्यद्वारा आत्मसमर्पण


 


बर्दिया – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका भेरी ब्यूरो सदस्यले समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन्।भेरी ब्यूरो सदस्यल रामबहादुर विकले सो समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका हुन् ।

अछाम कुर्माखान गाउँपालिका वडा नं ४ का २९ वर्षीय विकले जिल्ला प्रशासन कार्यालय बर्दियामा आइतवार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेसमक्ष हिंसात्मक गतिविधिमा संलग्न नहुने र सामान्य जीवन बिताउने भन्दै समूह त्यागेको घोषणा गरेका हुन् ।

यही मङ्सिर १२ गते राजापुर नगरपालिका वडा नं ४ बाट पक्राउ परेका विकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखिएको थियो ।

प्रकाशित मिति: ३० मंसिर २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्