मन्त्री आङ्बोको दाबी : तेस्रो वर्षदेखि नतिजा देखिने छ



विराटनगर, मंसिर ३०
मोरङको मिक्लाजुंगबाट पाँचथरको रवि जोड्ने सडक कालोपत्रे हुने भएको छ । यहाँको किसान चोक, टाँडी आइतबारे हुँदै रविसम्म पुग्ने सडक कालोपत्रे गर्ने कार्यको सोमबार प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले शिलान्यास गर्नुभएको छ ।
करिब ५८ करोड ५६ लाख ६८ हजारको लागतमा बन्ने पहिलो खण्ड सडकको कालोपत्रे गरिने बताइएको छ ।
मन्त्री आङबोले सरकार शिलान्यास मात्रै गर्दै हिँड्छ भन्ने गुनासो आउने गरेको चर्चा गर्दै शिलान्यास नभई उद्धघाटन नहुँने बताउनुभयो । ‘पहिलो वर्ष आधार वर्ष भएकाले शिलान्यास मात्रै हुन्छ, तर, तेस्रो वर्ष देखी नतिजा देखिनेगरी उद्धघाटनको वर्ष हुनेछ,’ उहाँले भन्नुभयो ‘यसमा आम प्रदेश बासीले ढुक्क हुनुभए हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News