शौचालयमा लडेर एक जनाको ज्यान गयो
धनगढी, पुष १
धनगढी उपमहानगरपालिकामा शौचालयमा लडेर एक नजाको मृत्यु भएको छ । उप–महानगरपालिका वडा नम्वर–३ का ३१ वर्षीय रोशन बमको मृत्यु भएको हो ।
सोमबार शौचालय गएका बम लामो समयसम्म बाहिर नआएपछि परिवारका सदस्यले शौचालय खोलेर हेर्दा उनी बेहोस अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । बमको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक बस्नेतका अनुसार उनको शौचालयमा लडेर नै मृत्यु भएको हुनसक्ने बस्नेतको भनाइ छ । मृतक बमको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।