कलाकार आनन्द थापाको निधन
काठमाडौं, पुष २
कलाकार आनन्द थापाको ८० बर्षको उमेरमा निधन भएको छ । नेपाली चलचित्रमा अभिनय गर्दै आएका थापाको गएराति निधन भएको हो ।
उनी दुई वर्षदेखि प्यालाइसिसका कारण थलिएका थिए । उनले दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् । उनको पार्थिव शरीरलाई आज बिहान साढे १० बजेदेखि १२ बजेसम्म पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको छ ।
थापाले खेलेका ‘मनको वाँध, कुमारी, कान्छी, मायाप्रिती, प्लान, राज, ठूली, बरदान, त त साह्रै विग्रिस नी वद्री, मलाई मन पर्यो’ लगायतका चलचित्र छन् । यस्तै, थापाले दर्जनौ टेलिसिरियलमा पनि काम गरेका छन् ।