प्रहरीमा भर्ती हुन भर्जिनिटी जाँचपास हुनुपर्ने, पुरुषले नै जाँच्छन् यसरी भर्जिनिटी


 


एजेन्सी
सुन्दा पनि आश्र्चर्य लाग्छ, प्रहरीमा भर्ती हुन भर्जिनिटी चाँचपास हुनुपर्ने भनेर । तर, प्रचलनकै रुपमा इन्डोनेसियामा रहेको छ । यो लिखित नियम नभएपनि प्रचलनका रुपमा रहिआएको हो। शारीरिक स्वास्थ्य परीक्षणका नाममा महिलाको कुमारित्व परीक्षण गरिन्छ ।

परीक्षणका लागि गुप्तांगमा दुईवटा औंला राखेर चेकजाँच गरिन्छ । प्रहरीमा भर्ना हुनको लागि सबै महिलाले अनिवार्य कुमारित्व जाँच गराउनुपर्ने नियम छ । यसको जाँच अनिवार्य गरेपछि मात्र प्रहरीको भर्नाको लालि योग्य हुने मानिन्छ ।

यसरी चेकजाँच गराउनुको उद्देश्य प्रहरीमा भर्ती हुने महिला सक्रिय यौन जीवनमा नरहेको र यौन व्यवसायी नपरुन् भन्नेका लागि हो । यस्तो गतिविधिको मानवअधिकारवादी संघसंस्थाले भने विरोध गर्दै आएका छन् । इन्डोनेशियामा महिला प्रहरी भर्नाको लागि विशेष समिति बनाएको हुन्छ ।

यो विशेष समितिमा सबै जना पुरुषहरु छन् । यो समितिले सबैभन्दा पहिला राम्रा महिलाहरुको छनौट गरिन्छ । छानिएका महिलाहरुको कुमारित्वको जाँच गरिन्छ ।२०१४ मा विश्व स्वास्थ्य संगठनले महिला प्रहरीको लागि एक विशेष प्रकारको गाइडलाइन जारी गरेपनि इन्डोनेशियन सरकारले यो नियम हटाउन सकेको छैन ।

रिपोर्टका अनुसार, इन्डोनेसियन पुलिसमा यो नियम सन् १९६५ देखि लागु भएको हो । इन्डोनेसियाको आधुनिक पुलिस फोर्स, इन्डोनेसिया स्वत्रन्तता पछि सन् १९४६ मा बनेको हो । करीब २० वर्ष पछि सन् १९६६ मा पुलिस मिलेट्री को अधीनमा रह्यो । सन् १९९९ मा राष्ट्रपति सुहारतोको राजिनामा पछि पुलिस फोर्सलाई स्वायत्त बनाइयो ।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्