एसपीहरुको सरुवा, को-कहाँ ? हेर्नुहोस् सूची


 


काठमाडौं, पुस ४
प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरूवा गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार रौतहट, चितवन, धनुषा, झापा, सर्लाहीलगायत जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज सरूवा भएको छ । रौतहटमा रविराज खड्का पठाइएका छन् । चितवनमा गंगा पन्तको सरूवा भएको छ । चितवनमा कार्यरत प्रहरी उपरीक्षक दानबहादुर मल्लको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरूवा भएको छ ।

धनुषाका शेखर खनाल प्रहरी प्रधान कार्यालय सरुवा भएका छन् । धनुषामा रमेशकुमार बस्नेतको सरूवा भएको छ । झापामा कार्यरत् दिनेश मैनालीको एक नम्बर प्रदेश प्रहरी दंगा गण सुनसरी सरूवा भएको छ । झापामा कृष्ण कोइरालाको सरूवा भएको छ ।

रवि पौडेल काभ्रे, सुशीलसिंह राठौर मकवानपुर, श्यामकुमार महतो प्रदेश ट्राफिक कार्यालय बारा, विश्वमणि पोखरेलको सर्लाही, रविन्द्र रेग्मी धादिङ, मुकेश सिंहको महानगरीय अपराध महाशाखामा सरूवा भएको छ।

प्रकाशित मिति: ४ पुस २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्