चितामा जल्दै गरेको शव नियन्त्रण, घरमा भागाभाग



वीरगञ्ज, पुस ५
बाराको पचरौता नगरपालिका–१ पिपरपातीको जमुनी खोलाबाट प्रहरीले जलाउँदै गरेको एक महिलाको शव नियन्त्रणमा लिएको छ ।

खोलामा जल्दै गरेको मालती देवीको शव पैहरीले नियन्त्रणमा लिएको हो । मालती स्थानीय रामदयाल महतोको श्रीमती हुन् ।

महतोको घरदेखि केही पर सीमा नजिकै उक्त शव फेला परेको प्रहरीले जनाएको छ । मालतीको हत्या भएको आशंकामा शव नियन्त्रण गरिएको बारा प्रहरीले जानएको छ । रामदयाल दुई सन्तानसहित फरार छन् ।

हत्या गरी शव जलाइएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । जलाउँदै गरेको शव छोडेर घरका सबै भागेपछि घटना झन् शंकास्पद बनेको प्रहरी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News