जनकपुरमा जिल्ला प्रहरी कार्यालय नजिकै शंकास्पद बस्तु फेला
जनकपुरधाम, पुस ७
जनकपुरको शुक्रबारे बजार नजिकै आज एकाविहानै शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेपछि सो ठाउँमा प्रहरी पुगेको छ ।
घटनास्थलदेखि जिल्ला प्रहरी कार्यालय नजिकै पर्छ । शंकास्पद बस्तु फेला परेपछि प्रहरीले सडकमा घेरा हालेर आवत जावत ठप्प पारेको छ । फेला परेको शंकास्पद बस्तु बम रहेको आशंका गरिएको छ ।
उक्त शंकास्पद बस्तु पहिचानका लागि नेपाली सेनालाई प्रहरीले खबर गरिसकेको छ । बस्तु पहिचान तथा डिस्पोजका लागि प्रहरीले नेपाली सेनालाई खबर गरिसकेको छ ।
यसअघि जनकपुरको संकटमोचन मन्दिर नजिकै दुई ठाउँमा र धनुषाधामको एक सामुदायिक विद्यालयमा शंकास्पद बस्तु फेला परेको थियो । तर, त्यो बेला राखिएको बस्तु बम नभएको प्रहरीले जनाएको छ ।