पत्रकारका हत्यारालाई मुत्युदण्ड



रियाद, पुस ७
पत्रकारको सुरक्षा चुनौती विश्वभर बढिरहेका बेला साउदी अरबको अदालतले भने पत्रकारका हत्यारालाई मृत्युदण्डको फैसला सुनाएको छ ।
हत्या गरिएका पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न भएको ठहरमा अदालतले पाँच जनालाई मृत्युदण्डको फैसला गरेको हो । यद्यपि यस्तो सजाय पाउने को को हुन् भन्ने खुलेको छैन । पत्रकार खस्सोगी साउदी सरकारका कडा आलोचक थिए । उनको हत्या साउदीकै राजपरिवारबाट भएको आरोप लाग्दै आएको थियो ।

पत्रकार खस्सोगीको सन् २०१८ अक्टोबर २ मा टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।
साउदी अरेबियाले सुरुमा त्यो घटनामा संलग्नता अस्वीकार गरेपनि ठूलो अन्तर्राष्ट्रिय दबाबपछि त्यसलाई स्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News