रामकृष्ण ढकाल दम्पतिले गरे डिभोर्स



काठमाडौं, पुस ९

ओराली लागेको हरिणको चाल भो ….जस्ता कयौं विरहका गीत गाएर संगीतप्रेमीको मन जितेका लोकप्रिय गायक रामकृष्ण ढकाल आफै विरहमा परेका छन् ।

नेपाली सुगम संगीतमा नारायण गोपालका उत्तराधिकारी मानिने गायक रामकृष्ण ढकाल दम्पत्तिले सम्बन्धविच्छेद गर्दै छुट्टिने सहमति गरेका छन् । ढकाल पत्नी निलमले दिएको सम्बन्धविच्छेदको निवेदनमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्न उनीहरुले मिलापत्र गरेका हुन् ।

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार गायक ढकाल र निलमले सम्बन्धविच्छेद गर्न मञ्जुर छौं भनी मिलापत्र गरेका छन् । ढकाल दम्पत्तिको एउटी छोरी छन्, उनी अब आमासँग रहने भएकी छन् ।
नेपाली सेलिब्रेटी जोडीको पारापाचुके हुने लिष्टमा ढकाल पनि थपिएका छन् । केही अघि हास्यकलाकार मनोज गजुरेलको डिभोर्स भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News