धनगढीमा अजिङ्गर फेला, उद्दारका लागि वनको टोली बोलाइयो
धनगढी, पुस १०
धनगढी उपमहानरपालिका वडा नम्बर ४ खानेपानी टोलमा अजिङ्गर फेला परेको छ । खानेपानी टोलाको कैलाली खोलामा तटबन्धका लागि डोजरले माटो खनिरहेका बेला खोला किनारमै अजिङ्गर फेला परेको हो ।
आधा जिउ जमिनमुनि र आधा जिउ बाहिरै रहेको अवस्थामा अजिङ्गर देखा परेको छ । तटबन्धका लागि खटिएका व्यक्तिहरुकाअनुसार अजिङ्गरलाई डोटरले माटो खन्ने क्रममा केही चोट पनि लागेको बताइएको छ ।
अजिंङ्गर कति ठूलो छ भन्ने थाहा हुन सकेको छैन । अजिङ्गरको उद्दारका लागि जिल्ला वन कैलालीको टोलीलाई बोलाइएको छ । अजिङ्गर हेर्न अहिले स्थानीयहरुको भीड पनि लागेको छ ।