जेसिबीले माटो खन्दा फेला परेको अजिङ्गरको उद्दार
धनगढी, १० पुस
कैलालीको धनगढी उपमहानरपालिका वडा नम्बर ४ खानेपानी टोलस्थित खोला किनारमा भेटिएको अजिङ्गरको उद्दार गरिएको छ ।
खानेपानी टोल हुँदै बग्ने कैलाली नालामा तटबन्ध निर्माणका लागि जेसिबीले माटो खन्नेक्रममा फेला परेको अजिङ्गरलाई डिभिजन वन कार्यालयको टोलीले उद्दार गरेको हो ।
अजिङ्गर देखा परेपछि स्थानीयले वनको टोलीलाई खबर गरेका थिए । अजिङ्गर पाँच फिट ६ इन्चको रहेको डिभिजन वन कार्यालयका रेञ्जर रामअवतार चौधरीले जानकारी दिए ।
उनकाअनुसार उद्दार गरिएको अजिङ्गरलाई घोडाघोडी क्षेत्रमा छोड्ने वा धनगढीस्थित जाखोर ताला क्षेत्रमा छोड्ने भन्ने विषयमा छलफल भइरहेको छ।