चितवनबाट ल्याइएकी ‘रतनकली’ शुक्लाफाँटामा अस्ताइन्




कञ्चनपुर, पुस १२
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको हात्ती ‘रतनकली’ को विहीबार राति मृत्यु भएको छ । रतनकलीलाई विसं २०३५ मा चितवनबाट शुक्लाफाँटामा ल्याइएको थियो ।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको ८४ वर्षीया रतनकलीको चराउन निकुञ्ज लगेका बेला मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्यालले बताए ।

हात्तीसारका कर्मचारीले बिहीबार रतनकलीलाई चराउन छेउमै लगेका थिए । चर्दाचर्दै हात्ती बसेको हात्ती पछि उठन सकेन । हात्तीसार ल्याउन नसकेपछि कर्मचारीले राति पहरा दिँदै गर्दा निधन हात्तीको मृत्युभयो ।

रतनकलीलाई ४१ वर्षअघि चितवन राष्ट्रिय निकुञ्जबाट शुक्लाफाँटा ल्याइएको थियो । ‘बिरामी नभए पनि बूढेसकाल लागेकै कारण हात्तीको मृत्यु भएको संरक्षण अधिकृत पौड्याले बताए । उनकाअनुसार विधिप्रक्रिया अनुसार शुक्रबार हात्तीको अन्त्येष्टि गरिएको छ ।

हात्तीको औसत आयु ७० देखि ८० वर्ष हुने गर्छ । रतनकलीको अन्येष्टिमा शुक्रबार निकुञ्ज प्रशासन, स्थानीय वडा कार्यालय, मध्यवर्ती, सेना र हात्तीसारका कर्मचारी सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्जमा दश वटा हात्तीको दरबन्दी रहे पनि सात वटा मात्रै थिए । प्रमुख संरक्षण अधिकृत ढकालले निकुञ्जको गस्ती, पर्यावरणका लागि अझै पाँच वटा हात्ती आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News