घोडाले लात्ती हान्दा बालकको मृत्यु
सल्यान, पुस १२
सल्यानमा घोडाले लात्तीले हान्दा शुक्रबार एक बालकको मृत्यु भएको छ । घोडाले लात्ती हान्दा सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ खहरेखोलाका आठ वर्षीय राजु बुढाको मृत्यु भएको हो ।
घोडाको लात्तीबाट गम्भीर घाइते भएका बालकको मेहलकुना अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।