नेपाल जेसिजको अध्यक्षमा अशोक शङ्कर विजयी




चितवन, पुस १२
नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी हुनुभएको छ । चितवनमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि शंकर निर्वाचित भएका हुन् ।

पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले पाँच सय ५२ मत प्राप्त गरे । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले पाँच सय २७ र विकास मानन्धरले चार ८७ मत प्राप्त गरे । कुल एक हजार सात सय १० मतमध्ये एक हजार पाँच ६५ मत खसेको थियो ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित भएका छन् । गुरुङले एक हजार ११ मत, भण्डारीले ६ सय ९३ मत, सापकोटाले ९ सय ४५ र खरेलले एक हजार ११ मत प्राप्त गरे । चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जनाको प्रतिस्पर्धा भएको थियो ।

उपाध्यक्षमा कृष्ण सापकोटा आठ ५९, कञ्चन झा एक हजार एक सय आठ, रमा प्याकुरेल एक हजार दुई ७०, रामबहादुर बोगटी एक हजार दुई सय ६३ मत, अनवर हुसेन आठ सय ९०, गणेशबहादुर साउद ९ सय ४२, धीरज शाही एक हजार एक सय, राकेश गुरुङ एक हजार दुई १५, शिवप्रसाद भुसाल एक हजार ५६, मन्जु शाह ठकुरी एक हजार ७८, विशाल थापा एक हजार २२ र गोविन्द पङ्गेनी आठ सय २० मतका साथ विजयी भएका थिए ।

बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो । महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत हुनुभएको नेपाल जेसिजका प्रेस संयोजक दिबु बानियाँले जानकारी दिए ।

नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा रहेका छन् । महाधिवेशनका लागि तीन हजार जेसी रत्ननगर आएका थिए । पुस ९ गतेदेखि सुरु महाधिवेशनको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News