चोरले प्रहरीकै मोटरसाइकल पनि छोडेन




सुनसरी, पुस १३
चोरले सुनसरीको भोक्राह प्रहरी चौकीको मोटरसाइकलसमेत चारी गरेको छ । गएको सोमबार राति भोक्राह नर्सिङ सडक खण्डमा गस्ती गर्ने क्रममा निलो रंगको अपाची मोटरसाइकल चोरी भएको हो ।

राति ११ बजेको समयमा भोक्राहमा स्थानीयको झगडा मिलाउन पुगेको प्रहरीको बा २ ब ५६३९ नम्बरको मोटरसाइकल चोरी भएको हो । उक्त मोटरसाइकलमा असई मोहन कार्कीसहित एकजना सिपाही सडक नजिकै मोटरसाइकल राखेर झगडा मिलाउन लाग्नुभएको थियो । तर, पछि फर्कोर आउदा मोटरसाइकल राखेको ठाँउमा नभेटिएको बताइएको छ ।

चोरी भएको मोटरसाइकल प्रदेश सरकारले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई उपलब्ध गराएको थियो । चोरी भएको मोटरसाइकलको खोजतलास भइरहेको सुनसरीका प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News