सभामुख चयनबारे राष्ट्रपतिको चासो, कसलाई बनाउन चाहन्छिन् सभामुख ?




काठमाडौं, पुस १३
प्रतिनिधिसभाको सभामुखको टुङ्गो अझै लाग्न सकेको छैन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अहिलेसम्म यसबारे निर्णय लिन सकेको छैन । आइतबार विहान बसेको नेकपाको सचिवालय बैठक पनि अनिर्णित बन्न पुगेको छ ।

नेकपाका महासचिव विष्णु पौडेलकाअनुसार विहान सभामुख चयन, राष्ट्रियसभा निर्वाचनलगायतका विषयमा छलफल गर्न बैठक बसेको थियो । तर, त्यसमा सभामुख चयनको विषय पनि अनिर्णित बन्यो ।

संसदको चालु अधिवेशनमा सभामुख चयन नै पहिलो प्राथमिकतामा परे पनि सत्ता पक्षले सभामुखको उम्मेदवार छान्न नसक्दा सभामुख निर्वाचन प्रक्रियामा ढिला हुँदै आएको छ ।
यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सभामुख चयनका विषयमा पटक–पटक छलफल भएको थियो ।

दुबै नेताबीच सहमति हुन नसकेका कारण सभामुख चयनबारे विवाद बढ्दै गएको छ । सभामुख सहजै चयन गर्न नसक्दा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो दिएकी छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीसँग सभामुख चयनबारे चासो राख्दै आएकी छन् ।

प्रधानमन्त्रीओली सुवाश नेम्वाङलाई सभामुख बनाउने मनसायमा रहेका बेला राष्ट्रपति भण्डारी भने शिवमाया तुम्बाहाङ्फेलाई नै सभामुख बनाउन चाहन्छिन् । स्रोतकाअनुसार राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रधी ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउनु पर्ने प्रस्ताव गरेको बताइन्छ ।

तर प्रधानमन्त्रीको प्रस्ताव राष्ट्रपतिलाई चित्त बुझेको र्छैन। उनले महिलालाई सभामुख नबनाउनुको कारण के हो भनेर प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News