प्रदेश ३ को नाम बागमती, राजधानी हेटौँडा कायम गर्ने निर्णय




काठमाडौं, पुस १३
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश नम्बर ३ को नाम बागमती र राजधानी हेटौँडा कायम गर्ने निर्णय लिएको छ ।

आइतवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले यस्तो निर्णय लिँदै त्यही अनुसार नाम र राजधानी कायम गर्न मातहतको कमिटीलाई निर्देशन दिएको हो । नेकपाको आइतर बसेको बैठकले दिएको निर्देशनको जानकारी प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलकहाँ पनि पुगेको छ ।

‘नेकपाले गरेको निर्णयबारे हामीकहाँ जानकारी आइसकेको छ’, मुख्यमन्त्रीका एक सहयोगीले भने,’ नाम बागमती र स्थायी राजधानी हेटौँडालाई नै कायम गर्नू भन्ने निर्देशन प्राप्त भएपछि अब त्यही अनुसार प्रदेश सभाबाट निर्णय हुनेछ ।’ प्रदेश ३ को राजधानीलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेल राजधानी हेटौँडामै राख्ने अडानमा छन् । प्रदेश ३ को राजधानी सुरुमा भक्तपुर हुनुपर्ने माग भएको थियो । हेटौँडा अपायक हुने भन्दै त्यसपछि काभ्रेको बनेपारधुलिखेलका लागि तीव्र लविङ भएको थियो । नुवाकोटले समेत राजधानी दाबी गर्दै आएको छ ।

सिन्धुपाल्चको, नुवाकोट र काभ्रेसहितका जिल्लाले हेटौँडा अपायक हुने भन्दै त्यसको विरोधमा उत्रिएका थिए । तर अस्थायी राजधानी रहेकै हेटौँडामै राजधानी कायम गर्ने पक्षमा नेकपा उभिएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News