शंकास्पद ६ वटा डल्लासहित एक जना पक्राउ
काठमाडौं, पुस १४
महानगरीय प्रहरी कार्यलय रानीपोखरीको प्रहरी टोलीले कस्तुरीको विनाजस्तो देखिने ६ डल्लासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले आइतबार साँझ गोगंबु नयाँ बसपार्क बस्ने सुनसरी रामधुनी नगरपालिका—७ का ३८ वर्षीय श्याम राईलाई चावहिल गणेशस्थानबाट पक्राउ गरेको हो ।
शंकालागि चेकजाँच गर्दा प्रहरीले राईको साथबाट ६ वटा डल्ला बनाई प्याकिङ गरेको अवस्थामा सो सामग्री बरामद गरेको जनाएको छ । घटनाका सम्बन्धमा महानगरीय प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।