इराक र सिरियामा अमेरिकी आक्रमण



काठमाडौं, पुस १४ (एजेन्सी )

आफ्ना एक जना ठेकेदार मारिएपछि आक्रोशित बनेको अमेरिकाले इराक र सिरियामा भीषण हमला गरेको छ ।
अमेरिकी सेनाले इराक र सिरियाका लडाकु शिविरमा हवाई आक्रमण गरेको हो। घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।

आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरेको हो। अमेरिकाले घटना पुष्टि गरेको बीबीसीले जनाएको छ। आइतबार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News