न्याय माग्दा गुण्डा परिचालन, साहित्यकार महिलालाई धम्की




विराटनगर, पुस १६
छिमेकीबाटै अन्यायमा परेकी विराटनगर महानगरपालिकाकी एक साहित्यकार महिला अहिले थप अन्यायमा परेकी छन् । छिमेकीले घर भत्काएपछि न्याय माग्न महानगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपछि उनलाई अहिले अपरिचत समूहले धम्की दिन थालेको छ ।

घरमै आएर धम्की दिन थालेपछि अहिले उनी थप पिडामा परेकी छन् । “कपाल, दाह्री पालेका ट्याटुवाल मानिस घरमा आएर धम्क्याउंने गरेका छन्” साहित्यकार पुजा आराधनाले भनिन्, ‘उनीहरुले मेरो स्कुटरको नम्बर लेखेर पनि लगेका छन् ।’ उनले न्यायिक समिति संयोजक तथा उपमेयर इन्दिरा कार्कीबाट आफू न्याय पाउनसमेत नसकेको बताएकी छन् ।

श्रीमानसँगको अंश मुद्दापछि विद्यालय जादै गरेका छोरा र छोरी मात्रै लिएर बसेकी उनले क्षतिपुर्ति माग्न जादा अपरिचित ब्यक्तिहरु घरमा आएर धम्की दिन थालेको उनले बताइन् । विराटनगर ५ मुनालपथमा रोनक पोदारले आफ्नो घर निर्माणका क्रममा डोजरले खन्दा पुजाको कम्पाउण्डको पर्खाल खस्दा तीन कोठे घरमा क्षति भएको थियो ।

आफ्नो घरको पर्खाल भत्काएकाले छिमेकीको भवन निर्माण कार्य रोक्न आग्रह गर्दै महानगरपालिकाको घर नक्शा शाखामा निबेदन दिदा न्यायिक समितिमा पुगेर रोकिएको उनले बताइन् । ५ नम्बर वडाका वडाध्यक्ष मिनकुमार आचार्यले भने, ‘पुजाको समस्या वडामै मिलाउंन खोजिएको हो तर, उनले क्षतिपुर्ति बापतको ४ लाख ५० हजार नै मागेकाले मिलाउंन सकिएन ।’

अग्रवालको भवन निर्माणकर्ताले आगामी फागुनको मिति उल्लेख भएको चेक दिन खोज्दा उनी नमानेको आचार्यले बताए । अग्रवालको घर निर्माणको ठेक्काको जिम्मा पाएको उत्तरा कन्ट्रक्सनका कन्सल्टेन्सीका प्रतिनिधि आलोक झा र टोल संगठनका सचिब दिपक सुवेदीको रोहबरमा पोद्दारले ४ लाख ५० हजार दिने सहमति भएको थियो ।

क्षतिपुर्तिको रकम नपाएपछि पुजाले ८ मंसिरमा महानगर र जिल्ला प्रशासनमा निवेदन दर्ता गराएकी थिइन् । प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले पोदार र ठेकेदारलाई बोलाएर छलफाल गर्दा नगरपालिकाले हस्तक्षेप गरेको पुजाले बताइन् ।

“डीएसपी बेदप्रकाश गौतमले सहमति गराउंदै थिए, उपमेयर कार्कीले फोन गरेपछि उनी पन्छिए”, पुजाले भनिन्, “उपमेयर कार्कीले डीएसपी गौतमलाई महानगरमा दर्ता भएको मुद्धा नहेर्न भनेकी रहिछन् ।” नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई सोमबार निवासमै भेटेर न्यायिक समितिबाट न्याय नपाएको आफुले जानकारी गराएको पुजाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News