आइफोन सेभेनका यस्ता छन् विशेषता


 


iphone-7अमेरिकी कम्पनी एप्पलले बहुप्रतिक्षीत आइफोन सेभेन र सेभेन प्लस सार्वजनिक गरेको छ । यसका लागि अमेरिकाको क्यालिफोर्नियामा भब्य समारोह आयोजना गरिएको थियो ।

दुबै आइफोनको प्रि अर्डस सेप्टेम्बर ९ देखि सुरु हुनेछ भने वितरण सेप्टेम्बर १६ तारिखबाट हुने एप्पलले जनाएको छ । ३२ जिबीको आइफोन सेभेनको मूल्य ६४९ डलर र त्यति नै जिबीको सेभेन प्लसको मूल्य ७६९ राखिएको छ ।

केके छन् विशेषता

एप्पलका अनुसार यसमा परम्परागत हेडफोन सकेट छैन । लाइटनिङ कनेक्सन छ । उसका साथै एप्पलले वायरलेस हेडफोनको प्रयोगलाई प्रोत्साहन गर्ने बताएको छ र इयरपोड्स पनि हुनेछ ।

आइफोन सेभेनको नयाँ फिचरले प्रयोगकर्ताले सुरुमा केही असहज हुनसक्छ । किनकी हेडफोनका लागि अब एडप्टरको आवश्यक पर्न सक्छ । एप्पलको आइफोन सेभेनमा टू लेन्स क्यामरा छ । र, होम बटमबाट यो पत्ता लगाउन सकिन्छ कि कति जोडले दबाउन सकिन्छ ।

कनेक्टर र पुरानो हुँदै गएको प्रविधिबाट छुटकारा दिलाउन भने एप्पल आफ्नो प्रतिस्पर्धी भन्दा अगाडि छ । विशेषज्ञहरुले हेडफोन सकेट हटाउने कदमले यसको लोकप्रियतामा असर पर्न सक्छ । तर, यो छोटो समयका लागि मात्र हुनेछ ।

आइफोन सेभेनमा पछाडितर्फ वाइड एंगल र टेलिफोकस लेन्स छ । र, दुबैमा १२ मेगा फिक्सल सेन्सर छ । यसले प्रयोगकर्तालाई राम्रो तस्वीरका लागि निकै मदत गर्नेछ ।

यो सफ्टबेयरको मदतमा ब्याकग्राउण्ड ब्लर गरेर कुनै पनि बस्तुमा फोकस गर्न पनि सकिनेछ । यो फिटर भविश्यमा अपडेटमार्फत उपलब्ध हुनेछ ।

ऐप्पलले स्मार्टवाच पनि लन्च गरेको छ । जसलाई निकै राम्रो फिटनेश डिभाइस भनिएको छ ।

प्रकाशित मिति: २३ भाद्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्