जनकपुरमा शंकास्पद बस्तु फेला



जनकपुरधाम, पुस २२
जनकपुरधाम उपमहानगरपालिका–१ सिता चोकमा शंकास्पद बस्तु फेला परेको छ। मासु बेच्ने पसल अगाडी फेला परेको शंकास्पद बस्तु बम रहेको प्रहरीले आशंका गरेको हो।

घठनास्थलमा सुरक्षाकर्मीले घेरा हालेर शंकास्पद बस्तु नजिक सर्वसधारणलाई जान रोक लगाएका छन्। विहान करिब ८ बजे स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तु पहिचान गरिरहको छ । यसअघि पनि धनुषामा पटक पटक शंकास्पद बस्तु फेला परेपनि नक्कली बम रहेको सेनाले पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News