सुदूरपश्चिममा तेस्रो पटक हिमपात, राजमार्ग अवरुद्ध




धनगढी, पुस २४
सुदूरपश्चिम प्रदेश तेस्रो पटक हिमपात भएको छ । यहाँका सात पहाडी जिल्लामा तेस्रो पटक भारी हिमपात भएको छ । जसले गर्दा यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

हिमपातले पहाडी जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दर्चुला, बझाङको सडक अवरुद्ध भएका छन् । डडेल्धुराको भीमदत्त राजमार्ग अन्र्तगत सदरमुकाम अमरगढी भालुमारे, अमजमेरु गाउँपालिको अनारखोली बजार, गन्यापधुराको साहुँखर्क, हगुल्डे, मेलखर्क, डोटीको गैर, घण्टेश्वर लगायतका स्थानमा भारी हिमपताल भएपछि यात्रु बाटोमै अलपत्र परेका छन् ।

बुधबार राति हिमपताल सुरु हुनुभन्दा पहिले नै यातायातका साधनहरू सञ्चालन गर्न नदिई सुरक्षित स्थान तथा होटलमा बास भएको स्थानमै राकिए पनि केही सवारी सधान अगाडि गएकाले अफ्ठ्यारोमा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले बताए ।

अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको डिएसपी न्यौपानेले बताए। यी क्षेत्रहरुमा अहिले पनि हिमपात भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News