प्रदेश ३ को स्थायी राजधानी हेटौंडा, विपक्षमा तीन मत




काठमाडौं, पुस २७
प्रदेश नम्बर ३ को राजधानी हेटौंडालाई नै बनाइएको छ । प्रदेश ३ को आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले हेटौंडालाई प्रदेशको राजधानी घोषणा गरेका हुन् ।

प्रदेश ३ को राजधानी हेटौंडाको पक्षमा एक सय पाँच र विपक्षमा तीन मत परेको थियो । प्रदेश ३ को राजधानी मकवानपुरको हेटौंडा तोकियोस् भन्ने प्रस्तावको पक्षमा एक सय पाँच मत परेकाले उक्त प्रस्तावको पक्षमा प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुईतिहाइ बहुमत भएकाले प्रदेश ३ को राजधानी हेटौंडा तोकियोस् भन्ने प्रस्ताव दुईतिहाइले पारित भएको घोषणा गर्दछु,” सभामुख श्रेष्ठले भने ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश कमिटीले हेटौंडालाई राजधानी बनाउने निर्णय गरेको थियो । यस्तै नेकपा सचिवालय बैठकले पनि हेटौंडालाई राजधानी बनाउने निर्णय गरेको थियो ।

यसअघि प्रदेश ३ को स्थायी राजधानी काभ्रेको धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत भएको थियो । हेटौंडालाई प्रदेशको राजधानी बनाउने प्रस्तावको पक्षमा सत्तारूढ नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस, राप्रपा, राप्रपा (संयुक्त) ले मत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News