दिलिप महतोको परिवारलाई पाँच लाख राहत दिने मन्त्रिपरिषद्को निर्णय




जनकपुरधाम, पुस २८
क्रसर उद्योग व्यवसायीबाट मारिएका भनिएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप महतोको परिवारलाई २ नम्बर प्रदेश सरकारले राहत स्वरुप पाँच लाख रुपैयाँ दिने निर्णय गरिएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले राहत दिने निर्णय गरेको हो । महतोको हत्यामा संलग्न रहेका अभियुक्तमाथि कडा कारवाही गर्न समेत प्रदेश सरकारले पहल गरिरहेको प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले बताए ।

साथै प्रदेश सरकारले चुरेको दोहन नियन्त्रण हुने गरी प्रदेश वातावरण कानूनको मस्यौदा समेत तयार भएको छ । टिप्परले किचेर महतोको हत्या गरिएको भनेर स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।

नदी दोहन नियन्त्रणको अभियान चलाउने र जथाभावी ढुंगा, गिट्टी, बालुवा संकलनको विरोध गर्ने गरेका महतोको मृत्युलाई शंकास्पद रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News