गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन




काठमाडौं, पुस २९
गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार परेर उनको निधन भएको हो ।

कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

२०४१ सालामा रेडियो नेपाल प्रवेश भएका गायक भट्टराईले त्यहाँ २०४४ सालसम्म गायकको रुपमा काम गरेका थिए । उनको पहिलो गीत ‘कामनाले भरिएको’ पहिलो गीत हो । ‘माया गर माया गर’ उनको अर्को लोकप्रिय गीत हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News