बसमा अश्लिल क्रियाकलाप गर्ने युवक प्रहरीद्वारा सार्वजनिक



काठमाडौं – एक वर्षअघि सार्वजनिक बसमा अश्लील क्रियाकलाप गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ।

भरतपुर महानगरपालिका विकास चोक बस्ने २१ वर्षीय रबिन सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो। सार्कीको च्याटहरु अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडिओ अपलोड गरेको देखिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडिओ बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए।’उक्त भिडिओ अश्लिल साइटमा राखेर पैसा आउँछ भन्ने सोचका साथ उनले यस्तो हर्कत गरेको देखियो।’ थापाले भने।

सार्कीले उक्त भिडिओ साउनमा बनाएको र मंसिरमा अपलोड गरेका थिए। उक्त भिडिओ भाइरल भएपछि सार्की भारत भागेको प्रहरीले बताएको छ। उनी फेरि नेपाल आएको सूचना प्राप्त भएसँगै उनलाई चितवनबाट पक्राउ गरिएको हो। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट सार्कीलाई नियन्त्रणमा लिएको थियो।

घटनापछि गत माघमा विभिन्न संघसस्थामा आवद्ध महिलाहरुले लिखित उजुरी दिएका थिए। मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ। कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News