बेलायतका लागि नेपाली पूर्वराजदूत शर्माको निधन




काठमाडौं, माघ २
बेलायतका लागि नेपालका पूर्वराजदूत मुरारीराज शर्माको निधन भएको छ । लन्डनको पट्‌नी निवासी ६८ वर्षीय शर्माको मंगलबार बिहान पौने ११ बजेतिर हृदयघातका कारण घरमै निधन भएको हो ।

मर्निङ वाक गरी घर फर्किएर ब्रेकफास्ट खाएको केही समयपछि उनको निधन भएको दूतावासका पूर्व कर्मचारी अनिल अधिकारीले जानकारी दिए । शर्माको शव अहिले लन्डन टुटिङस्थित सेन्ट जोर्ज अस्पतालमा राखिएको छ । छोराहरु अमेरिकाबाट आएपछि अन्त्येष्टि कहाँ गर्ने भन्नेबारे टुंगो लाग्ने अधिकारीले बताए ।

शर्मा श्रीमती निलाका साथ लन्डनमा बस्थे । उनका दुई छोरा अमेरिकामा चिकित्सक छन् । उनको स्थायी घर भोजपुरको दिङ्ला हो ।

सन् २००७ नोभेम्बर देखि २००९ अप्रिलसम्म शर्मा लन्डनस्थित नेपाली दूतावासमा १८ औं राजदूतका रुपमा कार्यरत थिए । २२ फेब्रुअरी, २००८ मा उनले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका थिए । उनले संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि भएर न्युयोर्कमा समेत काम गरे ।

पूर्व परराष्ट्र सचिवसमेत रहेका शर्माले अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयमा पनि काम गरेका थिए । सन् १९७७ मा निजामती सेवा प्रवेश गरेका शर्मा सन् १९९२ देखि परराष्ट्र मन्त्रालयमा थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News