सुर्खेत हिँडेका कोहलपुर नगरपालिकाका वडाध्यक्ष भारतमा मृत फेला
बाँके, माघ २
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १२ का अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचको एक होटलमा मृत फेला परेका छन् । उनको बहराइचस्थित शंकर होटलमा बुधबार शव भेटिएको हो ।
घटना बारे बुझ्नका लागि नगरपालिकाका जनप्रतिनिधि र राजनीतिक दलका नेता अपरान्ह ३ बजे बहराइच पुगेको प्रहरीले जनाएको छ । परिवारजनका अनुसार खड्का सुर्खेतको मेहलकुना जाने भन्दै उनी मंगलबार बिहान ७ बजे घरबाट निस्किएका थिए ।
बुधबार भने सोही होटलबाट उनी मृत फेला परेको भन्दै जानकारी गराएको नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले बताए । परिवारलाई सुर्खेत जान्छु भनेर हिँडेका अध्यक्ष खड्का दुई दिनदेखि फोन सर्म्पकमा थिएनन् ।