दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति



काठमाडौं, माघ २
काठमाडौँ – बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न पूर्जी जारी भएको छ। अभद्र व्यवहार सम्बन्धी कसुरको अनुसन्धानका लागि प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी समेत जारी गरेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले अभद्र व्यवहारको कसुरमा अनुसन्धानका लागि प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी भएको जानकारी दिए ।

‘प्रसाईंविरुद्ध हाम्रोमा एउटा उजुरी दर्ता भएको छ । सोही उजुरीको आधारमा अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न भनेर पक्राउ गर्ने अनुमतिका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थियौं । अहिले प्रशासनले पक्राउ गर्ने अनुमति दिएको छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी प्रधानले भने ।

प्रसाईंले पत्रकार सम्मेलन नै आयोजना गरेर चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले आफूसँग २० लाख रुपैयाँ घुस मागेको आरोप लगाएका थिए ।पछि, आयोगका उपाध्यक्ष गिरीले पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंले लगाएको आरोपको खण्डन गरेका थिए ।

गिरीले प्रसाईंविरुद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा समेत उजुरी दिएका थिए । गिरीको सोही निवेदनका आधारमा प्रशासनले प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरेपनि उनी भने अहिले फरार छन् । पक्राउ पूर्जी जारी भएसँगै बिहीबार बिहान प्रहरी टोली प्रसाईंलाई नियन्त्रणमा लिन उनको भक्तपुरस्थित निवास पुगेको थियो । तर, उनी घरमा नभेटिएका प्रहरीले जनाएको छ । प्रहरीले प्रसाईंको खोजीका गरी पक्राउ गर्नका लागि प्रहरी प्रधान कार्यालयमार्फत अन्तरजिल्ला समन्वय गर्ने तयारी गरेको छ ।

काठमाडौँ – बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न आदेश दिएको छ। जिल्ला अदालत भक्तपुरले अनुमति दिँदै प्रहरीलाई पक्राउ गर्न आदेश दिएको छ ।

प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेको आरोप लगाएका थिए ।

आरोप लगाएपछि गिरीले अदालतमा मानहानिको मुद्दा दर्ता गराएका थिए । प्रसाईलाई सोही मुद्दामा पक्राउ गर्न आदतलाले प्रहरीलाई अनुमति दिएको हो ।

लगतै प्रहरी भक्तपुर स्थित उनको निवासमा पुगेका थिए । तर प्रसाई निवासमा भेटिएनन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News