दुई नाबालक छोरासहित दम्पतिले त्रिशुलीमा हाम फाले




धादिङ, माघ ३
धादिङमा दुई नाबालक छोरासहित एक दम्पतिले त्रिशुली नदीमा हाम फालेका छन्। उनीहरुले धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ स्थित बादरे मोड छेउबाट हाम फालेका हुन् । हाम फाल्नेमा काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछाने रहेका छन् ।

उनीहरुले दुई र २२ महिनाका छोराहरु लिएर विहीबार त्रिशुली नदिमा हाम फालेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार उनीहरुको विहीबार बेलुकादेखि नै खोजी भइरहेको छ । पानी परिरहेकाले खोजी गर्न भने समस्या भइरहेको प्रहरीले जनाएको छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका९३ स्थित बादरे मोड छेउबाट २ महिने शिशुसहित एकै परिवारका ४ जनाले त्रीशुली नदीमा हाम्फालेका छन्। काठमाडौं चद्रागिरी घर भएका बिनय लामिछाने र जमुना रेग्मी लामिछाने ले २ र २२ महिनाका छोराहरु साथैमा लिएर बिहिबार साँझ ७ बजेतिर त्रीशुली नदिमा हेलिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News