सशस्त्र प्रहरीका पूर्व हवल्दारद्वारा आत्महत्या
धनगढी, माघ ४
सशस्त्र प्रहरी बलका पूर्व हवल्दार ४१ वर्षीय रामबहादुर खड्काले शनिबार राति आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली अगाडिको पुलमा आफ्नै गलबन्दीले पासो लगाएर खड्काले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
डोटीको सायल गाउँपालिका बाँज स्थायी घर भएका खड्का परिवारसहित धनगढीमा बस्दै आउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी छन् ।