काठमाडौंमा कुहिरो, आज वर्षा र हिमपातको सम्भावना कति?


 


काठमाडौं , माघ ४
बिहीबारदेखि जारी हिमपात र वर्षामा आजदेखि क्रमिक रूपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । अहिले पनि देशको पश्चिमी क्षेत्रका केही स्थानमा वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

‘सुर्खेत दिपायल आसपास अहिले पनि वर्षा जारी छ,’ मौसमविद् कँडेलले शनिबार बिहान भनिन्, ‘साथै पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ।’ उनका अनुसार यसबाहेक देशका अन्य स्थानमा मौसम बदली भएको भए पनि वर्षा तथा हिमपात भएको छैन । ‘आजबाट मौसम क्रमिक रूपमा सुधार हँदै जाने देखिन्छ,’ मौसमविद् कँडेलले भनिन्, ‘तर पूर्ण रूपमा खुल्ले सम्भावना छैन ।’ पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले नेपालमा मौसम बदली भइरहेको हो ।

आज पनि काठमाडौं उपत्यकालगायत मध्य क्षेत्रका केही स्थान, पूर्वका पनि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताइन् ।

‘शुक्रबार जस्तो भारी हिमपात तथा वर्षा आज हुँदैन, हल्का किसिमको हुन्छ,’ उनले भनिन्, ‘बीचबीचमा वर्षा रोकिने र कतिपय स्थानमा घाम पनि देखिने सम्भावना छ ।’ मौसम पूर्वानुमान महाशाखाले कम्तीमा आगामी २४ घण्टा वर्षा र हिमपातको सम्भावना औंल्याएको छ ।

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्