पुलमा झुण्डिएर आत्महत्या


 


कैलाली, माघ ४
कैलालीमा पुलमा झुण्डिएर एक जना व्यापारीले आत्महत्या गरेका छन्। धनगढी उपमहानगरपालिकामा पुलमा झुण्डिएको अवस्थामा अदालत रोडमै फेन्सी व्यापार गर्दै आएका ४१ वर्षका रामबहादुर खड्काको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयको पूर्व पट्टी तथा जय मालिका कलेज जाने बाटोको दायाँ पट्टी पुलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

उनी सशस्त्रका अवकाशप्राप्त हवलदार समेत रहेका कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनको भनाई छ।

प्रकाशित मिति: ४ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्