प्रदेश २ मा आइतबार सार्वजनिक विदा




जनकपुरधाम, माघ ४
प्रदेश २ मा आइतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारले बलिदानी दिवसको अवसर पारेर माघ ५ गते आइतबार सार्वजनिक विदा दिएको हो ।

प्रदेश सरकारले वर्षिक क्यालेण्डरमै माघ ५ गते बलिदानी दिवसका दिन विदा दिने उल्लेख गरेको छ ।

२०६३ साल माघ ५ गते सिरहाको लहानमा रमेश महतोको ज्यान गएपछि शुरु भएको मधेश आन्दोलनको स्मृतिमा पछिल्लो दुई साल यता प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

यस पटकको बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले बीरगञ्जमा कार्यक्रमको आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News