सुनचाँदीको मूल्य थप बढ्यो, कति पुग्यो आज ? हेर्नुहोस्


 


काठमाडौं, साउन २८
नेपाली बजारमा आज सुनचाँदीको मूल्य थप बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँ वृद्धि हुँदै प्रतितोला ५६ हजार चार सय रुपैयाँ पुगेको छ । सुन हिजो प्रतितोला ५६ हजार दुई सय रुयैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला सात सय ४० रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला सात सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्