कुन शिर्ष नेताले कहाँबाट गरे मतदान हेर्नुस (फोटो सहित)


 


काठमाडौँ,मंसिर १०

पहिलो चरण अन्र्तगत उच्च हिमाली तथा पहाडी जिल्लामा सुरु भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख राजनीतिक दलका नेताहरुले पनि मतदान गरेका छन् ।


एमाले सचिव योगेश भटटराइले ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ नारायणी उमावि मतदान केन्द्रबाट मतदान गरेका छन् । भट्टराई ताप्लेजुङमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् ।


माओवादी केन्द्रका नेता तथा उम्मेदवार नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले गोरखाबाट मतदान गरेका छन् । श्रेष्ठले गोरखा–२ सिरानचोक गाउँपालिक–८ को जौवारी मतदान केन्द्रबाट मतदान गरेका हुन् भने भटराईले गोरखा २ पालुङटार नगरपालिका अन्नपुर्णमावि केन्द्रबाट मतदान गरेका छन् ।

त्यसैगरी माओवादी केन्द्रका नेता तथा रुकुमका उम्मेदावार जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका यमुनान्दमुना उमावि केन्द्रबाट मतदान गरेका छन् ।

अर्का नेता बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीले रोल्पाबाट र अग्नि सापकोटाले सिन्धुपाल्चोक २ बाट मतदान गरेका छन् ।

सिन्धुपाल्चोकमै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोकको सुनकोसी गापा महेन्द्रोदय उमावि केन्द्रबाट मतदान गरेका छन् । राणा सोही क्षेत्रको काङ्ग्रेस गठबन्धनको सहयोगमा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङबाट मतदान गरेका छन् ।

काङ्ग्रेस नेता रामहरी खतिवडाले पनि ओखलढुंगाको मानेभञ्जाङ गाउँपालिकाको थाक्लेबाट मतदान गरेका छन् ।

प्रकाशित मिति: १० मंसिर २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्