अदालतमा धरौटी बुझाएपछि दीपेशकुमार पुन रिहा

बुटवल, वैशाख १४ । सहकारी प्रकरणमा मुछिएका दीपेशकुमार पुन रिहा भएका छन् ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका पुनलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उनी रिहा गर्न आदेश दिएको एक हप्तापछि आज धरौटीमा रकम जम्मा गरेर रिहा भएका हुन् ।
शुक्रबार रुपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि धरौटी जम्मा गर्न नसकेपछि उनी जेल चलान भएका थिए ।
प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार