मोरङमा भेटिए विश्वकै अचम्मका मानिस ! (भिडियो सहित)


 


मोरङ उर्लाबारी ५ झुम्राका यज्ञबहादुर कटवालले अदभूत कला प्रस्तुत गरेका छन् । उनले जिब्रोलाई निधारसम्म पुर्याएर सबैलाई अचम्मित बनाएका हुन् ।

सामान्य त मानिस जिब्रोलाई नाकको डाडोसम्म पुर्याउनु नै मुस्किल पर्दछ तर यि युवाले भने निधारसम्म पुर्याएर सबैलाई चकित बनाएका हुन् ।उनको नाकको डाडो सामन्य मानिसको भन्दा भिन्न रहेको छ । एकदमै सानो उनको नाकबाट किराहरु निस्केको उनले बताए । सानैदेखि नाक सानो नै रहेको भएपनी केहि समस्या नभएको त तर केहि समय यता भने किरा निस्कन थालेको यज्ञबहादुरले बताए ।

आर्थिक अवस्था नाजुक भएका उनले जसोतसो गरेर नोबेल हस्पिटल मोरङमा नाक भित्र रहेको किराको उपचार गराएका छन्, पुरा भने नभएको उनले बताएका छन् । उनको टाउको ढुङ्गा भन्दा साह्रो छ भने अहिलेसम्म दातको नाममा एउटा मात्र रहेको छन् ।

गाउँमा ईकु नामले परिचित उनलाई फिल्मको लागी पनि अफर आएको उनले बताए । उनलाई आफुभित्र रहेको अदभूत कला फिल्म मार्फत आम दर्शक माझ पुर्याउने रहर रहेको छ ।

प्रकाशित मिति: १२ असार २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्