रुसी संगीतकारले गरिन् ३१ वर्ष कान्छो धर्मपुत्रसँग विवाह, सर्वत्र आलोचना


 


एजेन्सी । एक ५३ वर्षीया रुसी संगीतकार आईसीलु चिजेभ्सकाया मिंगालिमले आफ्नै धर्मपुत्रसंग विवाह गरेकी छन् ।

रिपब्लिक अफ टारास्टानमाकी चर्चित संगीतकार आईसीलूले धर्मपुत्रका रूपमा ८ वर्ष पालेका २२ वर्षीय पुरुषसँग विवाह गरेकी हुन् । उनले धर्मपुत्रसंग विवाह गरेपछि उनको तीव्र आलोचना भएको छ ।

आठ वर्षअघि काजानमा रहेको अनाथालयमा संगीत सिकाउँदा उनले १३ वर्षीय डानिललाई भेटेकी थिइन् । उनीजस्तै संगीतमा रुची राख्ने डानिल र आईसीलूले जोडी भएर काम गर्न थालेका थिए ।

तर, गत अक्टोबरमा भने दुईजनाले विवाह गरेको घोषणा गरेपछि धेरै जना चकित बनेका थिए । उनलाई देशको लागि धब्बा समेत भएको बताइएको छ ।

अधिकारीहरूले समेत उनले धर्मपुत्र बनाएका अन्य बालबालिकालाई उनीबाट खोसेर काजानका अनाथालयमा पुर्याएका छन् ।

आईसीलुले भने उनको र डानिलको सम्बन्ध शारीरिकभन्दा बढी आध्यात्मिक भएको बताएकी दाबी गरेकी छन् ।

प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्