साढे २ घण्टामा १ हजार २५४ बियर खाएर विश्व रेकर्ड राखियो


 


एजेन्सी । स्पेन घुम्न पुगेका ५५ जना जर्मन पर्यटकहरूले साढे २ घण्टामा १ हजार २५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका छन् ।

मदिराका पारखी पर्यटकका आकर्षक मानिने प्लाया डि पाल्मामा एक अर्कालाई चिन्दै नचिनेका जर्मन पयर्टकहरुले ह्वाट्स एपमा प्लान बनाएर यसअघि जर्मनहरूले नै बनाएको विश्व रेकर्ड तोडे ।

जुलाईमा जर्मन पयर्टकहरुको एउटा समूहले छोटो समयमै १ हजार १११ वटा बियर खाएका थिए ।

सो समूहका एक सदस्यले एक घण्टामा कम्तीमा पनि १० वटा बियर खान भ्याए । साढे २ घण्टाको अवधिमा औसतमा २२ वटा बियर खाएका थिए ।

प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्