साउनको अन्तिम दिन घट्यो कि बढ्यो सुनचाँदीको मूल्य ?


 


काठमाडौं, साउन ३१
नेपाली बजारमा सुनचाँदीको मूल्य आज साउनको अन्तिम दिन पनि घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला ५५ हजार ६ सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ५६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला सात सय १५ रुपैयाँमा झरेको छ । चाँदी हिजो प्रतितोला सात सय ३० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्